कास्की फाइनान्स र कामना विकास बैंकको कारोवार संयुक्त रुपमा शुभारम्भ

Post Date : June 20, 2016 | 12:41 pm

पोखरा, ६ असार । कास्की फाइनान्स लिमिटेड र कामना बिकास बैंक लिमिटेडले आजदेखि संयुक्त रुपमा कारोवार शुभारम्भ गरेकोे छ । कार्यक्रमको उद्घाटन प्रमुख अथिति नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गर्नु भएको छ ।

मर्जरपछि राष्ट्रिय स्तरको उत्कृष्ट विकास बैंक बन्न चाहेको कुरा सहायक महाप्रबन्धक तुबराज बास्तोला ‘विशाल’ ले बताउनु भयो । राष्ट्र बैंकले  विकास बैंकको संख्या घटाउँदै छ भने हामी राष्ट्रियस्तरको कमर्सियल बैंक बनाउने योजना रहेको समेत वहाँले बताउनु भयो । अहिले पोखरा, लेखनाथ, तनहुँ, लमजुङ, धादिङ, चितवन र नवलपरासीमा बैंिकङ्ग सेवा दिइरहेकाे वहाँले जानकारी दिनुभयो । यसले िनकट भविष्यमै काठमाडाैंमा अाफ्नो शाखा सञ्चालन गर्ने तयारीमा रहेको छ भने छिटोभन्दा छिटो नेपालभर नै अाफ्नो शाखा विस्तार गर्ने योजनामा रहेको कुरा समेत बताउनु भयो ।

tubarajबैंकले एटिएम, एबिबिएस अादि  सुविधा दिइअाएकोमा भविष्यमा ई-बैंिकङ्ग सेवा समेत दिने कुरा बास्तोलाले बताउनु भयो । साथै कृषि, पर्यटन र उर्जा क्षेत्रलाई प्राथमिकतामा राखेर अाफ्ना सेवाहरु विस्तार गर्ने बताउनु भयो । हाल बैंकको चुक्ता पूँजी रु ६६ करोड १६ लाख , कुल निछेप रु ६ अर्ब ८३ करोड, कुल कर्जा रु ५ अर्ब ९३ करोड रहेको छ भने २१ शाखा, ९ एटिएम तथा ग्राहक संख्या ७५ हजार रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *