किसान माइक्रोफाइनान्सले ६४.२१% लाभांश र ३९% हकप्रद शेयर निष्काशन गर्ने

Post Date : September 21, 2016 | 8:24 am

काठमाडौं, ५ असोज । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ६१ प्रतिशत बोनस शेयर र ३.२१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि दिने निर्णय गरेको छ । साथै वित्तीय संस्थाले ३९ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ । उक्त निर्णयहरू संस्थाको ७४ औं संचालक समितिको बैठकले गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउनेछ । बोनस शेयर वितरणपछि संस्थाको चुक्ता पूँजी ३ करोड २२ लाख रुपैया पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *