किसान लघुवित्तको शाखा जुम्लाको नाराकोटमा

Post Date : May 23, 2017 | 12:23 pm

जुम्ला, ९ जेठ । किसान लघुवित्त वित्तीय संस्थाले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहयोगमा जुम्लाको नाराकोटमा शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागका कायममुकायम कार्यकारी निर्देशक उपेन्द्र पौडेलले गर्नु भएको छ । उद्घाटन कार्यक्रममा पौडेलले किसान र सक्षमबीचको सहकार्यले दुर्गम क्षेत्रमा वित्तीय पहुँच विस्तारमा महत्वपूर्ण सहयोग पुग्ने विचार व्यक्त गर्नु भएको छ ।

सक्षमका टोली प्रमुख बलजीत बोहराले किसान लघुवित्तले नयाँ उपायका साथै वित्तीय सेवा नपाएका जनसंख्यालाई नयाँ नयाँ प्रणालीमार्फत सेवा प्रदान गर्दै आएको प्रति प्रशंसा गर्नु भयो । किसान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्रकुमार शाहले नाराकोट शाखामार्फत एकहजार एकसय नयाँ ग्राहक थप्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *