कुमारी बैंकका दुई क्रेडिट कार्ड संचालनमा

Post Date : September 14, 2016 | 12:20 pm

काठमाडौं, २९ भदौ । कुमारी बैंकले थप सेवा सुविधा विस्तार गर्ने क्रममा ‘कुमारी क्रेडिट कार्ड’ संचालनमा ल्याएको छ । बैंकले हाल दुई प्रकारका क्रेडिट कार्ड प्रयोगमा ल्याएको छ । डोमेस्टिक कार्ड नेपाल तथा भारतमा प्रयोग गर्न सकिन्छ भने डलरमा संचालन गरिने ‘इन्टरनेशनल कार्र्ड’ विश्वभर प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

स्वदेश तथा विदेशका भिसा कार्ड स्वीकार गर्ने सबै एटिएम र व्यापारिक केन्द्रमा कुमारी भिसा क्रेडिट कार्ड सहज रुपमा प्रयोग गर्न सकिने पनि बैंकले जनाएको छ । नेपालका थोरै मात्र बैंकले प्रयोगमा ल्याएको चिप बेसमा आधारित कार्डमा उच्च सुरक्षा एवं न्यून जोखिमका कारण विदेशमा यस्तो कार्डको प्रयोेग बढ्दो रुपमा रहेको छ ।

बैंकले यसअघि राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत प्रयोगमा आएको कुमारी भिसा डेबिट कार्डसमेत प्रचलनमा ल्याएको छ । ग्राहकको सुविधालाई ध्यानमा राख्दै भिसा क्रेडिट कार्ड बैंकका ३६ वटै शाखाबाट उपलब्ध गराउने र विद्यमान ग्राहक मात्र नभई क्रेडिट कार्ड लिन चाहने नयाँ ग्राहकले पनि यो सुविधा उपभोग गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । बैंकको ४६ वटा एटिएम काउन्टर संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *