कुमारी बैंकको चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने

Post Date : December 26, 2016 | 1:59 pm

काठमाडौँ, ११ पुस । कुमारी बैंकले हालको चुक्ता पूँजीको २ अर्ब ६९ करोड ९१ लाख ६६ हजार ५ सय ३१ रुपैयाँको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले हकप्रद सेयर निष्काशन लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

सो सम्बन्धी सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत राजीभ गिरी र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत धु्रब तिमिल्सिनाले हस्ताक्षर गर्नु भएको छ । सो हकप्रद सेयर जारीपछि बैंकको चुक्ता पूँजी ४ अर्ब ४ करोड ९७ लाख रुपैयाँ पुग्नेछ ।

बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, पचिमाञ्चल फाइनान्स लिमिटेड, महाकाली विकास बैंक र काँक्रेविहार विकास बैंकलाई प्राप्ती गर्ने सम्झौता गरिसकेको छ । सो प्राप्तीपछि बैंकको चुक्ता पूँजी ६ अर्ब ३५ करोड रुपैयाँ पुग्नेछ र बैंकको निक्षेप ५० अर्ब रुपैयाँ र कर्जा प्रवाह ४० अर्ब रुपैयाँ हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *