कुमारी बैंकको ५० प्रतिशत हकप्रद शेयर पारित

Post Date : November 15, 2016 | 2:23 pm

काठमाडौँ, ३० कात्तिक । कुमारी बैंकको विशेष साधारण सभाले हालको चुक्ता पूँजी २ अर्ब ६९ करोड ९१ लाख ६६ हजार ५ सय ३१ रुपैयाको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी वृद्धि गर्न प्रबन्धपत्रमा संशोधन प्रस्तावसमेत समितिले पारित गरेको छ ।

बैंकको हकप्रद शेयर जारी पछि चुक्ता पूँजी ५ अर्ब ४ करोड ८७ लाख रुपैया पुग्नेछ । नेपाल राष्ट्र बैंकले २०७४ साल असार मसान्तभित्र वाणिञ्य बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैया पुरयाउन दिएको निर्देशन अनुसार चुक्ता पूँजी वृद्धि गर्न हकप्रद शेयर जारी गर्ने बैंकले जनाएको छ ।

बैंकले यसअघि नै काष्ठमण्डप डेभलपमेन्ट बैंक, पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेड, महाकाली विकास बैंक र काँक्रेविहार विकास बैंकलाई प्राप्ति (एक्वायर) गर्ने समझदारी भइसकेको छ ।

बैंकले ४ वटा संस्थाको प्राप्तिपछि बैंकको चुक्ता पूँजी बढ्नुका साथै शाखा संजाल, निक्षेप कर्जा आदिमा वृद्धि हुने जनाएको छ । सो प्रप्तिसँगै बैंकको शाखा संजाल ७४ पुग्नेछ भने निक्षेप ५० अर्ब रुपैया र कर्जा लगानी ४० अर्ब रुपैया हुने बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *