कुमारी बैंकले हकप्रद शेयर बिक्री गर्ने

Post Date : March 4, 2017 | 8:10 am

काठमाडौँ, २१ फागुन । कुमारी बैंकले २०७३/११/१९ गतेसम्म कायम साविक शेयरधनीहरूका लागि २ बराबर नयाँ १ शेयर (२ः१) को अनुपातमा प्रति शेयर रु. १००/– अंकित दरको १ करोड ३४ लाख ९५ हजार ८ सय ३२ दशमलब ६६ कित्ता हकप्रद शेयरको निष्काशन तथा बिक्री २०७३ चैत ६ गतेदेखि २०७४ बैशाख १० गतेसम्म खुल्ला गरेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी २ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *