कुमारी बैंकले हकप्रद शेयर निष्काशन गर्ने

Post Date : February 25, 2017 | 1:44 pm

काठमाडौँ, १४ फागुन । कुमारी बैंकले पुनः २० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको छ ।

बैंक संचालक समितिको बैठकले गत आर्थिक वर्षको खुद मुनाफा २७ करोड रुपैयाँबाट २१ प्रतिशत बोनस शेयर, ५० प्रतिशत हकप्रद शेयर र काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेडलाई गाभेपछि कायम हुने चुक्ता पूँजीको हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डले ५० प्रतिशत हकप्रद शेयर निष्काशनको लागि बैंकलाई स्वीकृति दिइसकेको छ ।

हाल बैंकको चुक्ता पूँजी २ अर्ब ६९ करोड ९१ लाख ६७ हजार रुपैयाँ छ । हालको चुक्ता पूँजीमा २१ प्रतिशत बोनस शेयर वितरणपछि चुक्ता पूँजी ३ अर्ब २६ करोड ५९ लाख रुपैयाँ पुग्नेछ । यसमा ५० प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ४ अर्ब ८९ करोड रुपैयाँ पुग्नेछ ।

बैंकले ३ वटा विकास बैंक र एउटा फाइनान्स कम्पनीलाई गाभेपछि चुक्ता पूँजी करिब ६ अर्ब रुपैयाँ नाघ्नेछ । यो चुक्ता पूँजीमा २० प्रतिशत हकप्रद शेयर निष्काशनपछि बैंकको चुक्ता पूँजी ७ अर्ब रुपैयाँ नाघ्नेछ । बैंकले चालु आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर निष्काशन गरेर नेपाल राष्ट्र बैंकले तोकेको पूँजी पुरयाउने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *