कुमारी बैंकले २१ प्रतिशत बोनस सेयर दिने

Post Date : January 5, 2017 | 3:30 pm

काठमाडौँ, २१ पुस । कुमारी बैंक संचालक समितिको बैठकले आर्थिक वर्ष २०७२।७३ को मुनाफाबाट चुक्ता पूँजीको २१ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ दशमलब १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाबाट उक्त प्रस्ताव पारित भएपछि कार्यान्वयनमा आउनेछ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पूँजी ३ अर्ब २७ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।

साथै, बैंकले हालको चुक्ता पूँजी २ अर्ब ७० करोड रुपैयाँको ५० प्रतिशतले हुने १ अर्ब ३५ करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्न यसअघि नै नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।

बंैकले काष्ठमण्डप डेभलपमेण्ट बैंक, महाकाली विकास बैंक, काक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाईनान्स लिमिटेडलाई प्राप्ती गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरी सकेको छ ।

बैंकले हालै जारी गर्न लागेको बोनस सेयर, हकप्रद सेयर तथा ३ वटा विकास बैंक र एउटा फाईनान्स कम्पनीलाई प्राप्ती गरेपछि चुक्ता पूँजी ६ अर्ब ४२ करोड रुपैयाँ पुग्ने बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *