कुमारी बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Post Date : September 27, 2016 | 4:33 pm

काठमाडौं, ११ असोज । कुमारी बैंकको संचालक समितिको असोज ९ गते बसेको बैठकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ ।

बैंकले गत आर्थिक बर्ष २०७२।७३ को असार मसान्तसम्म ३७ अर्ब ९५ करोड रुपैया निक्षेप संकलन र ३० अर्ब ११ करोड रुपैया कर्जा प्रवाह गरी ७४ करोड १ लाख रुपैया खुद मुनाफा गरेको छ । सो अवधिमा बैंकको चुक्ता पूँजी २ अर्ब ६९ करोड ९१ लाख ६७ हजार रुपैया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *