कुमारी बैंक र एस रेमिट प्रा.लि. बीच सम्झौता

Post Date : May 6, 2016 | 11:53 am

कुमारी बैंक र एस रेमिट प्रा.लि. बीच विभिन्न देशबाट पठाएको रकम भुक्तानी दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र एस रेमिटका प्रमुख संचालन अधिकृत मुनालजंग कार्कीले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौता अनुसार एस रेमिट मार्फत विभिन्न देशबाट आएको रेमिट्यान्स कुमारी बैंकका आफ्ना १ हजारभन्दा बढी एजेन्टमार्फत भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *