कुशलतापूर्वक संचालन गर्ने, लगानी गर्ने, न्यायोचित प्रतिफल प्राप्त गर्ने र निक्षेपकर्ताहरुको हितको संरक्षण गर्ने, सिद्धान्त बुझेको व्यक्ति संचालक हुनुपर्छ ।

Post Date : April 2, 2016 | 12:17 pm

– लक्ष्मी प्रपन्न निरौला, कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक
एनसीसी बैंक व्यवस्थापन समिति संयोज

हरेक शनिवार नेपाल टेलिभिजनमा विहान ८ः३० बजे प्रसारण हुने बैंिकङ्ग प्रवर्द्धन कार्यक्रममा लिइएको अन्तर्वार्ता । श्री लक्ष्मी प्रपन्न निराैलाज्यूलाई अन्तर्वार्ताका लागि विशेष अनुरोध गरिएको थियो । यो अन्तर्वार्ता एनसीसी बैंकका व्यवस्थापन समितिका संयोजकको हैसियतले मात्र दिनु भएको हो ।

एनसीसी बैंकको अगुवाईमा कुमारी बैंक सहित अन्य चार राष्ट्रिय स्तरका बैंक गाभिने सम्झौता भइसकेको छ, कहिलेसम्म सकिन्छ मर्जर प्रक्रिया ?

यो मर्जर प्रक्रिया २०७३ साल आषाढ मसान्त भित्र सम्पन्न गरी सक्ने गरी काम गरिएको छ । यस मर्जर प्रक्रियामा राष्ट्रिय स्तरका चारवटा विकास बैंक र दुई वटा ‘क’ वर्गका वाणिज्य बैंकहरु छन् । यो ठूलो मर्जर भएको हुनाले हामी त्यही किसिमले गम्भीर भएर यसमा बढी संलग्न भएर कामहरुलाई अघि बढाइराखेका छौं । यो मर्जर पछाडि नेपाल राष्ट्र बैंकले २०७२ आषाढ मसान्त भित्रमा चुक्ता पूँजी ८ अर्ब पु¥याउनु पर्ने जुन नीतिगत व्यवस्था गरेको त्यसैले हामी २०७४ अषाढ मसान्त भित्र नै पु¥याउने गरी हामीले काम गरिरहेका छौं ।

अहिलेसम्म मर्जर समस्या भनेको नै कर्मचारीको मिलान र शेयर मिलान रहेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ, ६ वटा संस्थाको यी दुई समस्याहरुलाई कसरी व्यवस्थापन गर्नु पर्छ ?

तपाईंले बडो सान्दर्भिक प्रश्न सोध्नु भयो । वास्तवमा अहिले ठूलो समस्या भनेको नै स्वाप रेसियोको मिलान र कर्मचारी मिलान नै हो । तर यसलाई हामीले हिजो किन समस्या आयो भने पहिला बैंकका संचालकहरु या बैंकका संस्थापकहरु पहिले स्वाप रेसियो कायम गर्ने, पछि डिडिए गर्दा फरक किसिमको रिपोर्टहरु आउने गर्दा केही समस्याहरु देखिएका हुन् र केही मर्जर प्रक्रिया अगाडि बढ्दा बढ्दै बीचमै मर्जर प्रक्रिया भाँडिएको अवस्था या मर्जर हुन नसक्ने अवस्था भएको पनि छ । त्यसकारण हामीले के ग¥यौं भन्दा अहिले सुरुमै मर्जरका स्वाप रेसियोहरु तोकेनौं । यो सबै काम प्रोफेसनहरुलाई जिम्मा लगाइएको छ । डिडिए रिपोर्ट आइसकेपछि स्वाप रेसियो निर्धारण गर्न सहज हुने भएकोले हामीले फरक के ग¥यौं भने अहिलेको नेपालको जुन बैंकिङ प्रणाली – मर्जर प्रक्रियामा पहिले स्वाप रेसियो तोक्ने अनि डिडिए गर्ने जुन प्रचलन थियो, त्यो भन्दा फरक किसिमले पहिला डिडिए गर्ने र डिडिएबाट स्वाप रेसियो जे आउँछ त्यसका आधारमा स्वाप रेसियो मिलान गर्ने प्रक्रिया लिएका छौं । यो पाटोबाट मर्जर प्रक्रियालाई सहज बनाउँछ ।

नम्बर २, कर्मचारीका विषयलाई हामीले कर्मचारी सबैलाई सम्मानजनक व्यवहारले के गर्ने, कसरी जाने, कसरी पद मिलानहरु गर्ने, कर्मचारीहरुलाई कसरी इन्टरआक्सन गर्ने भन्ने कुराहरु एमओयुमा राखिसकेका छौं । अब हामीले गर्नु पर्ने कुरामा केही तालिमहरुको आवश्यकता पर्छ । सबै खालका कर्मचारीहरु, सबै तहका, सबै स्तरका कर्मचारीहरुलाई एक खालको तालिम ओरिएन्टेसनको आवश्यकता पर्छ त्यो पनि विज्ञहरुसँग छलफल गरेर एउटा समय तालिका मिलाएर सम्पन्न गर्छौं । जसले गर्दा कर्मचारीहरुमा एउटा इन्टिग्रेसन गर्दा एउटा सहजता होस् भन्ने तर्पm पनि हामी बढी संवेदनशील छौं । त्यही अनुसार नै हाम्रो कार्यहरु अघि बढिरहेको छ ।

बैंकका संचालक कस्तो हुनुपर्छ जस्तो लाग्छ, जसले बैंक व्यवस्थापनलाई केही योगदान दिन सकोस् ?

तपाईंले बडो गम्भीर प्रश्न सोध्नुभयो । बैंकका संचालकहरु कस्तो हुनु पर्छ भन्दा, बैंकका संचालकहरुले सर्वप्रथम बैंकिङ सिस्टम के हो भन्ने कुरा बुझेको हुनुपर्छ । बैंकका संचालकहरुलाई के चाहिँ राम्ररी थाहा हुनुपर्छ भने वहाँहरुको १० रुपियाँको लगानी छ भने अरु ९० रुपियाँ चाहिँ निक्षेपकर्ताहरुको पैसा हुन्छ, त्यसकारण जुन ९० प्रतिशत निक्षेपकर्ताको रकम छ, वचत छ, त्यो वचतलाई कुशलतापूर्वक त्यसको संचालन गर्ने, कुशलतापूर्वक त्यसलाई लगानी गर्ने, न्यायोचित प्रतिफल प्राप्त गर्ने र निक्षेपकर्ताहरुको हितको संरक्षण गर्ने, त्यो कुरा बुझेको, सिद्धान्त बुझेको, दर्शन बुझेको व्यक्ति संचालक हुनुपर्छ, पहिलो त । दोस्रो के हो भन्दा संचालक र व्यवस्थापन पृथक कुराहरु हुन् । संचालक समितिले के गर्नु हुन्छ र के गर्नु हुन्न भन्ने कुरा उनीहरुले राम्ररी बुझेको हुनुपर्छ । नेपालको सन्दर्भमा कमसेकम संचालकहरुले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३, नेपाल राष्ट्र बैंक ऐन २०५८ र नेपाल राष्ट्र बैंकबाट जारी गरिएका निर्देशनहरु, एकीकृत निर्देशनहरु जुन जारी गरिएको हुन्छ, वर्षैपिच्छे राष्ट्र बैंकले त्यसलाई अपडेट गरेर वेबसाइटमा राखेको हुन्छ ती निर्देशनहरुलाई कमसेकम संचालकज्यूहरुले पढेको, बुझेको र व्यवहारमा उतार्न सक्ने हुनु पर्छ जस्तो लाग्छ ।

विदेशमा जस्तो मासिक पारिश्रमिक दिएर प्रोफेसनल मान्छे संचालक बनाउन सक्ने वातावरण पनि यहाँ बनाउन सकिन्न र ?

तपाईले उठाउनु भएको विषय बहसको विषय हो । प्रोफेसनल संचालकहरु अथवा व्यवसायिक संचालकहरुको पारिश्रमिकका कुराहरु, कसरी उनीहरुको क्षमतालाई बढी भन्दा बढी बैंकमा लगाएर बढी भन्दा बढी प्रतिफल प्राप्त गर्ने, एकातिर लगानीकर्ताको हितको पनि संरक्षण हुने अर्कोतिर निक्षेपकर्ताको पनि हितको संरक्षण हुने गरी उनीहरुको व्यवसायिक क्षमतालाई लगाउनु पर्छ, त्यो सैद्धान्तिक कुरा पनि हो र व्यवहारमा विश्वका अरु मुलुकहरुमा पनि भइरहेको छ, अझ धेरै टाढा पनि नजाउँ भारतमै पनि यस्तो अभ्यासहरु भइरहेका छन् । त्यसकारण हामीले त्यो तर्फ पनि जाने नजाने भन्दा पनि यो विषय बहसको विषय चाहिँ हो । यसको पहिला छलफल र बहस हुनुपरयो त्यसपछि मात्रै यसलाई नीतिगत व्यवस्था या कानुनको स्वरुप दिएर अघि बढ्न सकिन्छ । तर अहिले तत्कालका लागि यो विषय बहसको विषय हो ।

बैंकका संचालक र सिइओ दुई कार्यकाल मात्र भन्ने धारणा किन आयो जस्तो लाग्छ यहाँलाई ?

यो विषयमा म त्यति धेरै बोल्न चाहन्न किनभने म आफू पनि रेगुलेटर सुपरभाइजरको हैसियतले एनसिसि बैंकमा प्रतिनिधित्व गर्दछु । तर हामीले बुझ्नु पर्ने कुरा के छ भने वाणिज्य बैंक ऐन २०३१ मा तपाईले हेर्नु भयो भने त्यहाँ एउटा प्रावधान छ, संचालक लगातार दुईपटक भन्दा बढी नियुक्त हुन नपाउने व्यवस्था पुरानै व्यवस्था हो । खाली पहिलाको व्यवस्थालाई अलिकति दायरा मात्रै फराकिलो पारिएको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३ मा पुरानो व्यवस्थालाई के कसरी हटाइएको त्यो त्यति थाहा भएन, तर पुरानो व्यवस्थालाई नै अहिले नयाँ व्यवस्थामा ल्याउन खोजिएको हो । पुरानै व्यवस्थालाई अनुशरण गर्न खोजिएको हो । पहिला संचालक मात्रै थियो भने अहिले प्रमुख कार्यकारी अधिकृतको पनि व्यवस्था गर्न खोजिएको छ । यो यहाँ मात्रै होइन संसारकै प्राक्टिस हो । कतिपय विकसित मुलुकहरुमा त राजनैतिक क्षेत्रमै पनि, राजनैतिक पदकै लागि पनि दुई पटक, एक पटक, तीन पटक भनेर तोकिएको अवस्था छ भने यसलाई त्यति धेरै विवादको विषय बनाइरहनु पर्छ जस्तो मलाई लाग्दैन ।

बैंकलाई सक्षम र सबल बनाउन के गर्नु पर्छ जस्तो लाग्छ ?

बैंकलाई सक्षम र सबल बनाउन पहिला त संस्थागत सुशासनलाई सुदृढ गर्नु पर्दछ । संस्थागत सुशासन भएन भने बैंक मात्रै होइन कुनै पनि संस्थाले राम्ररी काम गर्न सक्दैन । दोस्रो के हो भने बाँस पलाएपछि मर्छ भन्छन् । यस कारण संस्था राम्रो बलियो बनाउने हो भने माथि नै राम्रो हुनु पर्छ अथवा संचालक समिति, कुनै पनि संस्थाको एपेक्स बडी – संचालक समिति नै सक्षम हुनु पर्छ, संचालकहरु पनि आफ्नो विषयमा पोख्त हुनु पर्छ र संचालकहरुले इमान्दारिता देखाउनु पर्छ । उनीहरुलाई संस्था सुशासनको विषयमा राम्रो ज्ञान भएको हुनु पर्छ । के काम हामीले गर्ने, के काम नगर्ने, हाम्रो क्षेत्राधिकार कति हो, हाम्रो फोकस कहाँ हुने हो, हाम्रो ज्ञान–सीप–दक्षता कतातिर केन्द्रित गर्नु पर्ने भन्ने कुरा संचालकहरुले जानेको हुनु पर्छ । कुनै पनि संस्थाको संचालक यदि राम्रो छ भने स्वाभाविक रुपमा त्यो संस्थाको व्यवस्थापन राम्रो हुन्छ । व्यवस्थापन राम्रो भयो भने स्वाभाविक रुपमा कर्मचारीहरुको उत्पादकत्व बढ्ने वातावरण बन्दछ । त्यसकारण बैंकहरु राम्रो वा सुदृढ हुनलाई संचालकहरुमा नै संस्थागत सुशासन हुन जरुरी छ । अर्को महत्वपूर्ण कुरा के हो भन्दा बैंकहरु आफै स्वनियमनकारी संस्था हो । सबै रेगुलेटरले सर्कुलरहरु जारी गरेर अथवा निर्देशनहरु जारी गरेर मात्रै बैंक चल्ने होइन । एउटा त रेगुलेटरले निर्देशनहरु जारी गरेर बैंकहरुलाई चलाइरहेको हुन्छ, अर्को पक्ष भनेको बैंक आफै पनि स्वनियमनकारी संस्था हो, त्यसले पनि चलाइरहेको हुन्छ । अर्को तेस्रो पक्ष भनेको अन्तर्राष्ट्रिय उत्कृष्ट प्रचलनहरु पनि बैंकहरुले अभ्यास गरिराखेको हुन्छ । त्यसकारण यी तीन–चार वटा कुराहरुले बैंक राम्ररी अगाडि बढाउन सकिन्छ । सबैभन्दा महत्वपूर्ण कुरा त दक्ष–निपुण संचालक र त्यही किसिमको व्यवस्थापन भयो भने बैंक राम्ररी चल्न सक्छ जस्तो मलाई लाग्छ ।

तपाई यस बैंकमा रहँदासम्म नयाँ नयाँ के–के योजना ल्याउँदै हुनुहुन्छ ?

हामी त्यत्ति धेरै नयाँ योजना ल्याउन आएका होइनौँ, हामी एउटा निश्चित उद्देश्य लिएर आएका हौँ । नेपाल राष्ट्र बैंकले हामीलाई केही कार्यादेशहरु दिएको छ । त्यो कार्यादेशहरु हामीले धेरै पूरा गरिसक्यौँ । अब खाली एउटा कार्यादेशमा यहाँको जुन समस्या थियो, जुन समस्या भनेको दुईवटा प्रमोटरहरुको ग्रुपको विवाद, त्यो विवादलाई टुंग्याउने अथवा त्यसलाई निरुपण गर्ने भनेको भएको शेयर संरचनालाई विविधिकरण गर्ने हो । त्यो विविधिकरण भनेकै मर्जरबाट हुने हो । मर्जरको प्रक्रिया टुंगिनासाथ राष्ट्र बैंकले हामीलाई दिएको कार्यादेश सम्पन्न गरिसक्ने छौँ । अर्को तपाईलाई के–के गर्दै हुनुहुन्छ भन्नु भयो, हामीले डे–टु–डे अपरेशनमा हाम्रो कुनै हस्तक्षेप छैन । हाम्रो अहस्तक्षेपकारी भूमिका रहेको छ । तर हामीले नीतिगत निर्णयहरु, पोलिसीहरु, प्रडक्ट पेपरहरु, बिजनेस एक्सपान्सन गर्दा चाहिने जुन वातावरण हुन्छ, व्यापार गर्न चाहिने जुन वातावरण हुन्छ, अथवा लगानीमैत्री वातावरण, काम गर्नको लागि हामीले मैत्री वातावरण सिर्जना गरिराखेका छौँ । विभिन्न नयाँ नयाँ प्रडक्ट पेपरहरु बनाएर वहाँहरुलाई काम गर्नलाई अथवा आफ्नो बिजनेस वा बैंकिङ बिजनेस विस्तार गर्ने वातावरण हामीले तयार गरेका छौँ । र, यी कामहरुले बैंकमा सकारात्मक परिणामहरु देखाएको पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *