कृषि विकास बैंकको धितोपत्रसम्बन्धी सम्पूर्ण कारोवार एस क्यापिटलले गर्ने

Post Date : July 20, 2016 | 3:14 pm

काठमाडौं, ५ असार । कृषि विकास बैंकले धितोपत्रसम्बन्धी सम्पूर्ण कारोवार गर्ने शेयर रजिष्ट्रारको जिम्मा पुनः एस क्यापिटल लिमिटेडलाई नै दिएको छ । बैंकको धितोपत्र कारोवार सम्बन्धी रेकर्ड राख्ने, शेयर दाखिल खारेज गर्ने, शेयर टुक्र्याउने, शेयर नामसारी गर्ने र शेयरवालाको लगत अद्यावधिक गर्ने सम्बन्धी सम्पूर्ण काम सुरुदेखि नै एस क्यापिटल लिमिटेडले गर्दै आएको छ । सो सम्बन्धी सम्झौतापत्रमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौला र एस क्यापिटल लिमटेडका प्रबन्ध संचालक पूर्णचन्द्र दाहालले हस्ताक्षर गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *