कृषि विकास बैंकको मुनाफा १ अर्ब २१ करोड रुपैया

Post Date : May 10, 2016 | 11:46 am

काठमाडौं, २८ बैशाख । कृषि विकास बैंकले चैत मसान्तसम्म १ अर्ब २१ करोड रुपैया मुनाफा गरेको छ । बैंकले गत वर्ष सोही अवधिमा १ अर्ब १ करोड रुपैया नाफा गरेको थियो ।

बैंकले ८३ अर्ब ५१ करोड रुपैया निक्षेप संकलन र ७४ अर्ब २७ करोड रुपैया कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा अनुपात ४.८९ प्रतिशत छ, जुन घट्दो क्रममा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *