कृषि विकास बैंकको मोबाइल बैंकिङ सेवा शुरु

Post Date : January 18, 2017 | 4:56 pm

काठमाडौँ, ५ माघ । कृषि विकास बैंकले मोबाइल बैंकिङ सेवा शुरु गरेको छ । बैंकले आफ्ना ग्राहकलाई एडिबीएल स्मार्ट बैंकिङ नामक मोबाइल बैंकिङ सेवा दिन थालेको छ । मोबाइल बैंकिङ सेवा संचालनको लागि बैंक र एफवान सफ्ट इन्टरनेशनल प्रा.लि.सँग सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कृषि विकास बैंकका बजार तथा शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख प्रेमकुमार श्रेष्ठ र एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गर्नु भएको छ । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाको पनि उपस्थिति रहेको थियो । यस्तै बैंकले ५० वर्ष पूरा भएको अवसरमा धुर्मुस सुन्तली फाउन्डेसनलाई मुसहर वस्ती निर्माणका लागि १५ लाख रुपैयाँ प्रदान गरेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७२।७३ मा २ अर्ब ५३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

बैंकले चालु आ.व. २०७३।७४ को पुस मसान्तसम्ममा ८८ अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ५० करोड रुपैयाँ कर्जा तथा सापटी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *