कृषि विकास बैंकको हकप्रद शेयर खुल्ला

Post Date : October 19, 2016 | 2:37 pm

काठमाडौं, ३ कार्तिक । कृषि विकास बैंकले ५० प्रतिशत अर्थात २ शेयर बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर बिक्री खुल्ला गरेको छ । बैंकले सर्वसाधारण शेयर धनीको लागि १ करोड ९६ लाख कित्ता बराबर रु १०० अंकित दरले हुने १ अर्ब ९६ करोड रुपैयाको हकप्रद शेयर बिक्री गर्न लागेको हो । शेयरधनीहरुले बैंकले हकप्रद शेयरका लागि कार्तिक ३ गतेदेखि मंसिर ७ गतेसम्म आवेदन गर्न सकिने जनाएको छ ।

बैंकले हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट असोज २ गते स्वीकृति पाएको थियो । असोज ९ गतेसम्म बैंकको शेयर किन्न पाउने छन् । बैंकले असोज १० गते हकप्रद शेयर निष्काशनको शेयरधनी किताब बन्द गरेको थियो ।

शेयरधनीले बैंकको हकप्रद शेयर कृषि विकास बैंकको विभिन्न शाखा कार्यलय सहित एस क्यापिटल लिमिटेड, एस डेभलपमेन्ट बैंकका शाखा कार्यालय र सीबीआईएल क्यापिटल लिमिटेडबाट आवेदन दिन सकिने बैंकले जनाएको छ ।

बैंकले आर्थिक वर्ष २०७२।७३ मा ८७ अर्ब २६ करोड ३४ लाख रुपैया निक्षेप संकलन, ७९ अर्ब ७९ करोड ५८ लाख रुपैया कर्जा प्रवाह गरी २ अर्ब ५७ करोड ७२ लाख रुपैया खुद मुनाफा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *