कृषि विकास बैंकले मनायो स्वर्ण जयन्ती

Post Date : January 18, 2017 | 5:09 pm

काठमाडौँ, ५ माघ । कृषि विकास बैंक लिमिटेड ५० वर्षमा प्रवेश गरेको अवसरमा पत्रकार सम्मेलन तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा बैंकले धुर्मुस सुन्तली फाउन्डेसनलाइ सर्लाही जिल्लामा भूकम्पबाट पीडित तथा तराईमा पिछडिएको मुसहर जातिका निमित्त वस्ती निर्माणका लागि १५ लाख प्रदान गरेको छ ।

कार्यक्रमको अध्यक्षताका क्रमामा कृषि विकास बैंकका कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले कृषि विकास बैंकको विगतका अवस्थाहरुको चर्चा गर्दै २०२४ माघ ७ गते कृषि क्षेत्रको विकासका लागि सरल तथा सुलभ रुपले वित्तीय सेवा, कृषि कर्जा तथा प्राविधिक सेवा उपलब्ध गराउन स्थापना भएको बैंकले २०४१ सालमा सीमित बैंकिङ्ग सेवा सञ्चालन गर्ने अनुमति पाएकोमा देशको अर्थतन्त्रमा टेवा पुग्ने गरी वाणिज्य बैंकिङ्ग, विकास वित्त तथा लघु वित्त कार्यक्रमहरु र नेपाल सरकारका प्राथमिकतामा रहेका कार्यक्रमहरु एकैसाथ सञ्चालन गरिरहेको बताउनुभयो । प्रमुख कार्यकारी अधिकृतले कृषि बैंक कुनै पनि रिक्सलाई थेग्न सक्ने गाइडलाइन तयार भएको र अब सबैभन्दा स्वच्छ बैंक बन्ने प्रकृयामा रहेको बताउँदै अब कृषि बैंक सरकारी बैंक मात्र नभइ बिसुद्ध व्यावसायिक बैंक रहेको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *