कृषि विकास बैंकले ४२ करोड रुपैया नाफा कमायो

Post Date : November 16, 2016 | 11:40 am

काठमाडौँ, १ मंसिर । कृषि विकास बैंकले चालु आ.व.२०७३।७४ को पहिलो त्रैमासिकमा ४२ करोड २३ लाख रुपैया खुद मुनाफा गरेको छ । गत चालु आ.व.को यसै अवधिमा बैंकले २८ करोड ८६ लाख रुपैया खुद मुनाफा कमाएको थियो ।
बैंकले असोज मसान्तसम्म ८५ अर्ब ६६ करोड ४६ लाख रुपैया निक्षेप संकलन गरी ८१ अर्ब १३ करोड ५ लाख रुपैया कर्जा लगानी गरेको छ ।

बैंकले गत आ.व. मा निष्क्रीय कर्जा अनुपात ५ दशमलब १५ प्रतिशत थियो भने यस आ.व.को पहिलो त्रैमासमा ३ दशमलब ८३ प्रतिशतमा रहेको छ ।

बैंकले संभावित नोक्सानी व्यवस्थामा ५८ करोड ११ लाख २३ हजार रुपैया राखेको छ भने २५ करोड ८० लाख ३ हजार रुपैया फिर्ता लिएको छ । बैंकको चुक्ता पूँजी हाल १० अर्ब ३७ करोड ४४ लाख रुपैंया छ । त्यस्तै जगेडा कोषमा ८ अर्ब ८० करोड ७७ लाख ३ हजार रुपैया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *