कृषि विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

Post Date : September 1, 2016 | 3:27 pm

काठमाडौं, १६ भदौ । कृषि विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौला र नेपाल ल्यिरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंहले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौतापछि कृषि विकास बैंकका ग्राहकले अन्य विद्युतीय भुक्तानी प्रणालीको सदस्य भएका बैंक तथा वित्तीय संस्थामा आफ्नो वा निजहरूले तोकेको अन्य खातामा सोझै रकम जम्मा गर्न वा भुक्तानी गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *