केन्द्रीय बैंकद्वारा १५ अर्ब रुपैया तरलता प्रशोचन

Post Date : August 12, 2016 | 12:28 pm

काठमाडौं, २८ साउन । नेपाल राष्ट्र बैंकले ब्याजदर कोरिडर लागू भएपछि पहिलो पटक बजारबाट १५ अर्ब रुपैया बराबरको तरलता १४ दिनको लागि निक्षेप संकलन उपकरणबाट खिचेको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीतिमा घोषणा गरे अनुसार बुधबारदेखि ब्याजदर कोरिडोर लागू गरेको थियो भने बिहीबारको निक्षेप बोलकबोलमा २.२४८७ प्रतिशत ब्याजदर कायम भएको छ ।

नया व्यवस्था अनुसार तोकिएको ब्याजदरमा बैंक तथा वित्तीय संस्थाहरूले यस बोलकबोलमा भाग लिन पाउनेछन् । यस बोलकबोलमा न्यूनतम १ करोड रुपैया वा १ करोड रुपैयाले भाग जाने अधिकतम आह्वान रकमसम्म बोलकबोल गर्न सकिनेछ ।

ब्याजदर कोरिडरका लागि माथिल्लो सीमा राष्ट्र बैंकले प्रदान गर्ने स्थायी तरलता सुविधाको दरले र तल्लो सीमा १४ दिनको निक्षेप संकलनको ब्याजदरले निर्धारण गर्नेछ । यस बीचमा अन्तरबैंक दर र रिपो पनि व्यवस्था गरिएको छ । बैंकिङ्ग क्षेत्रमा अहिले २७ अर्ब रुपैया अधिक तरलता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *