कैलालीको ओलानी र सोल्टामा ग्लोबल आईएमई बैंक

Post Date : September 22, 2016 | 6:35 pm

काठमाडौं, ६ असोज । ग्लोबल आईएमई बैंकले कैलाली जिल्लाको ओलानी र सोल्टामा शाखारहित बैंक सेवा शुरु गरेको छ । बैंकले सक्षम एक्सेस टु फाइनान्ससँगको सहकार्यमा थप २ शाखारहित बैंकिङ सेवा शुरु गरेको हो ।

बैंकले ओलानीमा शुरु गरेको बैंकिङ सेवा सञ्चालनका लागि स्थानीय नविन कुमार सिंह र सोल्टामा गरेको बैंकिङ सेवाका लागि हिरादेवी जैसीलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ ।

बैंकका बजार व्यवस्थापन एवं व्यवसाय प्रवर्द्धन विभाग प्रमुख प्रशन्न बाँस्कोटाले व्यावसायिक प्रतिनिधिलाई प्रमाणपत्र र मेसीन हस्तान्तरण गर्नु भएको छ ।

कैलालीमा शुरु गरिएको थप २ शाखारहित बैंकिङ सेवा सहित बैंकको शाखारहित बैंकिङ सेवाको संख्या ४४ पुगेको छ । बैंकले गत आ.व. २०७२।७३ मा ७४ अर्ब ६८ करोड २९ लाख रुपैया निक्षेप संकलन, ६० अर्व ८४ करोड १३ लाख रुपैंया ऋण प्रवाह गरी १ अर्व ३८ करोड ६६ लाख रुपैया खुद मुनाफा गरेको छ । बैंकको चुक्ता पूँजी ६ अर्ब १६ करोड ४२ लाख रुपैया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *