कैलालीको टिकापुरमा सानिमा लाईफ इन्स्योरेन्स शाखा

Post Date : April 12, 2018 | 5:26 pm

कैलाली, २९ चैत ।सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले कैलाली जिल्लाको टिकापुरमा विधिवत रुपमा शाखा कार्यालयको चैत २७ गतेका दिन उद्घाटन सम्पन्न गरेको छ ।

आफ्नो व्यवसायिक लक्ष्य प्राप्तीका लागि देशभरी शाखा सञ्जाल विस्तार गर्ने र जीवन वीमा सेवा उपभोग गर्न नपाएका नेपालीहरुलाई जीवन वीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन वीमा सेवा प्रदान गर्ने उद्देश्यले उक्त शाखा विस्तार गरेको प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।

कम्पनीका संचालक श्री घनश्याम थापाज्यू, सद्भावना दूत कलाकार श्री जीतु नेपालबाट उक्त शाखाको उद्घाटन सम्पन्न भएको हो । उक्त कार्यक्रममा मुख्य प्रबन्धक श्री गणेश चौलागाई, वरिष्ठ प्रबन्धक श्री गुणराज श्रेष्ठ, प्रबन्धक श्रीमती उषा खतिवडालगायत स्थानीय प्रतिष्ठित व्यक्तिहरm समेतको उपस्थिति रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *