कैलाश विकास बैंकको खुद मुनाफा ३६ करोड ७९ लाख रुपैयाँ

Post Date : May 3, 2017 | 3:28 pm

काठमाडौँ, २० वैशाख । कैलाश विकास बैंकले आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकमा १६ अर्ब ८४ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन र १४ अर्ब ६८ करोड ३३ लाख रुपैयाँ कर्जा प्रवाह गरी ३६ करोड ७९ लाख रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ । बैंकको निस्क्रिय कर्जा ०.९३ प्रतिशत र कर्जा निक्षेप अनुपात ७६.१४ प्रतिशत रहेको छ ।

बैंकको चुक्ता पूँजी १ अर्ब ९७ करोड ५४ लाख २० हजार रुपैयाँ छ भने जगेडा कोषमा ८३ करोड ७० लाख ७९ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *