कैलाश विकास बैंकको खुद मुनाफा ४३ करोड ९४ लाख

Post Date : August 2, 2016 | 2:09 pm

काठमाडौं, १८ साउन । कैलाश विकास बैंकले आ.व. २०७३/७३ को असार मसान्तसम्म ४३ करोड ९४ लाख रुपैया खुद मुनाफा कमाएको छ । बैंकले अघिल्लो आ.व. २०७१/७२ मा २५ करोड ४३ लाख रुपैया खुद मुनाफा गरेको थियो ।

बैंकले आ.व. २०७२/७३ मा १५ अर्ब ७ करोड ६ लाख रुपैया निक्षेप संकलन गरी १३ अर्ब २६ करोड ५१ लाख रुपैया कर्जा प्रवाह गरेको थियो । बैंकको हाल चुक्ता पूँजी १ अर्ब ५८ करोड रुपैया रहेको छ । बैंकको खराब कर्जाको अनुपात ०.८२ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *