कैलाश विकास बैंकले हकप्रद शेयर निष्काशन गर्ने

Post Date : August 15, 2016 | 12:56 pm

काठमाडौं, ३१ साउन । कैलाश विकास बैंकले हाल कायम रहेको चुक्ता पूँजीको २० प्रतिशत (५ः१ को अनुपात) हकप्रद शेयर निष्काशन गर्न लागेको छ ।

बैंकको २०७३ असार मसान्तमा १ अर्ब ५८ करोड २ लाख ३६ हजार रुपैयाको २० प्रतिशतले हुने रकम ३१ करोड ६० लाख ६७ हजार २ सय रुपैया बराबरको हकप्रद शेयर निष्काशन गर्नेछ । हकप्रद शेयर जारी भएपछि बैंकको चुक्ता पूँजी १ अर्ब ८९ करोड ६४ लाख ३ हजार २०० रुपैया पुग्नेछ ।

बैंकले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गर्नु भएको छ ।

बैंकले आ.व. २०७२/७३ मा १५ अर्ब ७ करोड रुपैया निक्षेप संकलन, १३ अर्ब २६ करोड रुपैया कर्जा प्रवाह गरी ४३ करोड ९४ लाख रुपैया खुद मुनाफा कमाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *