कैलाश विकास बैंकले २५% बोनश शेयर दिने

Post Date : September 18, 2016 | 11:44 am

काठमाडौं, २ असोज । कैलाश विकास बैंक, संचालक समितिको बैंैठकले आफ्ना शेयरधनीलाई आर्थिक बर्ष २०७२।७३ को खुद मुनाफा ४३ करोड ९४ लाख ९६ हजार रुपैंया मध्येबाट २५ प्रतिशत बोनश शेयर दिने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले बोनश शेयर वितरण सम्बन्धी प्रस्ताव पारित गरेपछि बैंकले आफ्ना शेयरधनीलाई वितरण गर्नेछ । बैंकको बोनश शेयर वितरण पश्चात चुक्ता पूँजी १ अर्ब ९७ करोड ५३ लाख रुपैंया पुग्नेछ ।

नेपाल राष्ट्र बैंकले २०७४ असारसम्म राष्ट्रिय स्तरको ‘ख’ वर्गको विकास बैंकले २ अर्ब ५० करोड रुपैंया चुक्ता पूँजी पुरयाई सक्नुपर्ने निर्देशन जारी गरिसकेको छ ।

सो चुक्ता पूँजी पुरयाउन बैंकले २० प्रतिशत अर्थात ५ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको र स्वीकृति प्राप्त भएपछि निष्काशन प्रक्रिया अघि बढाउने जनाएको छ ।

बैंकले आर्थिक वर्ष २०७२।७३ मा १५ अर्ब ७ करोड रुपैया निक्षेप संकलन गरी १३ अर्ब २६ करोड रुपैया कर्जा प्रवाह गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *