कैलाश विकास बैंक चौथोपटक उत्कृष्ट वार्षिक प्रतिवेदनबाट सम्मानित

Post Date : July 19, 2017 | 2:52 pm

काठमाडौँ, ४ साउन । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) द्वारा कैलाश विकास बैंकलाई लगातार तेस्रोपटक उत्कृष्ट वार्षिक प्रतिवेदन सम्मान–२०१६ प्रदान गरिएको छ । यो सहित बैंकले उक्त सम्मान चारपटक पाएको हो ।

बैंकले २०७४ असार मसान्तसम्ममा १७ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन र १५ अर्ब ४ करोड रुपैयाँ कर्जा प्रवाह गरी ७६ करोड रुपैयाँ संचालन मुनाफा गरेको छ । बैंकको चुक्ता पूँजी २ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

बैंकको हाल ३८ वटा शाखा, १७ वटा एटिएम, इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङ र मोबाईल बैंकिङद्वारा सेवा दिँदै आइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *