कोहलपुरमा आरएमडीसीको शाखा स्थापना

Post Date : February 19, 2017 | 6:34 pm

बाँके, ८ फागुन । लघुवित्त संस्थाहरूलाई थोक कर्जा तथा प्राविधिक सहयोग उपलब्ध गराउने राष्ट्रिय स्तरको लघुवित्त संस्था रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लि. (आरएमडीसी) को कोहलपुर नपा–१० रामनगरमा कोहलपुर शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक उपेन्द्र प्रसाद पौडेलले उद्घाटन गर्नु भयो । शाखाको स्थापनाबाट यस क्षेत्रका साझेदार संस्थाहरूले सेन्टरको छिटो छरितो सेवा पाउने र सेन्टरलाई पनि निरीक्षण र अनुगमन सहज हुने विश्वास लिएको छ । उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंकका रमन नेपाल, सक्षम कार्यक्रमका टिम लिडर बलजीत बोहरा, डेपुटी टिम लिडर निर्मल दाहाल, आरएमडीसीका साझेदार संस्थाहरू लगायत अन्य स्थानीय संघ संस्थाका वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

डिएफआईडि यूके अन्तर्गत सक्षम–एक्सेस टु फाइनान्स परियोजनाले आरएमडीसीलाई लघुवित्त कार्यक्रम विकासका लागि २०१९ सम्म ५ करोड २४ लाख रुपैयाँको वित्तीय सहयोग अनुदान उपलब्ध गराउने प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *