क्रिकेटका दुई युवा खेलाडीलाई एनआईसी एसिया बैंकले प्रायोजन गर्ने

Post Date : September 2, 2016 | 5:10 pm

काठमाडौं, १७ भदौ । एनआईसी एसिया बैंकले नेपाली क्रिकेट टोलीका युवा खेलाडीद्वय राजु रिजाल र प्रेम तामाङलाई प्रायोजन गर्ने भएको छ ।

नेपाल क्रिकेट खेलाडी संघको सक्रियतामा भएको सम्झौतामा राजु रिजाल र प्रेम तामाङसँग बैंकले दुईवर्षे सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका कार्यकारी अधिकृत लक्ष्मण रिसाल र खेलाडीद्वयले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौता अनुसार राजु रिजाल र प्रेम तामाङले दुईवर्षसम्म मासिक २० हजार रुपैया र खेल सामग्रीका लागि अलग्गै सहयोग पाउने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *