क्रेडिट कार्ड प्रयोगकर्तालाई थप “इन्स्टापे” र रिवार्ड प्वाइन्टस” सुविधा

Post Date : July 21, 2016 | 12:13 pm

काठमाडौं, ६ साउन । प्रभु बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि नयाँ योजना ल्याएको छ । बैंकले आफ्नो क्रेडिट कार्ड प्रयोगकर्तालाई थप सुविधा सहित “इन्स्टापे” र रिवार्ड प्वाइन्टस” संचालनमा ल्याएको छ ।

बैंकका अनुसार “इन्स्टापे” योजना अन्तर्गत ग्राहकले आफ्नो क्रेडिट कार्डको माध्यमबाट विदेश भ्रमणको बिल तिर्न, स्कुल तथा कलेजको शुल्क तिर्न, अस्पतालको बिल भुक्तानी गर्न, पसलबाट इलेक्ट्रोनिक्स सामान खरिद गर्न, गरगहना खरिद गरी बिल तिर्न र मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् । यो रकमलाई बढीमा १८ महिनासम्मको मासिक किस्तामा बैंकलाई भुक्तानी गर्न सक्नेछन् । यो योजना अन्तर्गत उपयोग गरेको रकममा ब्याज लाग्ने छैन । तर कार्ड प्रयोगकर्ता ग्राहकले तोकिएको सेवा शुल्क भने तिर्नु पर्नेछ ।

त्यस्तै “रिवार्ड प्वाइन्टस” योजना अन्तर्गत ग्राहकले आफ्नो क्रेडिट कार्डको माध्यमबाट सामान खरिद गरेमा प्रत्येक दुईसय रुपैया बराबर १ प्वाइन्ट कायम हुनेछ । ५ सय प्वाइन्ट पुगेपछि बैंकले सम्बन्धित ग्राहकको खातामा ५ सय रुपैया जम्मा गरिदिने बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *