क्लच अटोको मेकानिक्स मिट सम्पन्न

Post Date : September 20, 2016 | 6:25 pm

काठमाडौं, ४ असोज । क्लच अटो लिमिटेड अर्थात सीए क्लचको मेकानिक्स मिट सम्पन्न भएको छ । उक्त मेकानिक्स मिटमा काठमाडौं उपत्यकाका मेकानिक्सहरुको सहभागिता रहेको थियो ।

उक्त अवसरमा क्लच अटो लिमिटेडका जनरल म्यानेजर (सेल्स) प्रमोद कुमार र टेक्निकल हेड आरपीएम गणेसन तथा नेपालमा सीए क्लचको आधिकारिक बितरक एसडीआई अटोमोबाइल्सका मार्केटिङ डाइरेक्टर सञ्जिव सिंह हमालले सीए क्लचको बारेमा आवश्यक जानकारी प्रदान गरेका थिए । सो अवसरमा नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष दीपक खड्काको समेत उपस्थिति थियो ।

सीए क्लचको उत्पादन भारतको क्लच अटो लिमिटेडले गर्दै आएको छ । सन् १९७१ देखि नै उक्त कम्पनीले सीए क्लच उत्पादन गर्दै आएको छ । भारतकै नम्बर वान क्लच उत्पादक दावी गर्ने यो कम्पनीले वार्षिक ५ सय भन्दा बढी डिजाइनका २० लाख भन्दा बढी क्लच उत्पादन गर्छ । भारतीय क्लच बजारमा ७० प्रतिशत भन्दा बढी हिस्सा ओगटेको दाबी गर्ने यो कम्पनीले विश्वका ४० भन्दा बढी देशमा गुणस्तरीय क्लच उपलब्ध गराउदै आएको छ । कम्पनीले दुई पांग्रेका साथै चार पांग्रे सवारी साधनका लागि आवश्यक क्लच उत्पादन गर्दै आएको छ ।

नेपालमा एसडीआई अटोमोबाइल्सले सीए क्लच बिक्री–वितरण गरिरहेको छ । नेपाली बजारमा उपलब्ध सवारी साधनका लागि सम्पूर्ण रेन्जका गुणस्तरीय क्लच उपलब्ध गराइरहेको एसडीआईले बताएको छ । एसडीआई अटोमोबाइल्सले सीए क्लच बाहेक फेडरल मुगल, कन्टिनेन्टल टायर तथा मिन्डाका ब्याट्रीहरुको समेत आधिकारिक बितरकको रुपमा कार्य गरिरहेको छ ।

clutch3

clutch2

Leave a Reply

Your email address will not be published. Required fields are marked *