क वर्गका बाणिज्य बैंकले मात्र बैंक लेख्न पाउने

Post Date : May 26, 2016 | 5:59 pm

काठमाडौं, १३ जेठ । अबदेखि बैंक शब्द क वर्गका बाणिज्य बैंकहरुले मात्र प्रयोग गर्न पाउने भएका छन् ।प्रस्तावित कानुनमा विकास बैंकहरुलाई बैंक शब्द प्रयोग गर्न नपाउने ब्यवस्था गर्न लागिएको छ । ब्यवस्थापिका संसदको अर्थ समितिमा रहेको संशोधित प्रतिवेदनमा बैंक भन्नाले बाणिज्य बैंकमात्र बुझिने र विकास बैंक र फाइनान्सले वित्तीय संस्था भनेर नामाकरण गर्ने उल्लेख छ । विकास बैंक, फाइनान्स, लघुवित्त, विदेशी वित्तीय संस्थाका नेपालमा रहेको शाखा कार्यालय र नेपालमा स्थापित वित्तीय संस्थाको विदेशमा रहेको शाखा कार्यालयसमेतलाई जनाउने समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *