खडेरीका कारण करिव सोढे चार लाख सोमालियाली विस्थापित: राष्ट्रसङ्घ

Post Date : March 31, 2017 | 10:07 pm

मोयादिसु (सोमालिया), १८ चैत । सोमालियामा विगत केही समयदेखि व्याप्त खेडेरीका कारण करिव चार लाख ४४ हजार सोमालियाली विस्थापित बनेका छन् ।

संयुक्त राष्ट्रसङ्घ मानवीय सहयोग हेर्ने निकायले शुक्रबार दिएको जानकारी अनुसार सोमालियामा सन् २०१६ को नोभेम्बर पछिका चार महिनामा चार लाख ४४ हजार सोमालियाली नागरिक खाद्यान्न को चरम अभावका कारण शरणार्थी जीवन विताउन बाध्य भएको बताएको हो ।

सन् २०१७ मा सोमालियामा भोकमरीको खतरा रहेको राष्ट्रसङ्घको मानवीय सहयोग निकायले बताएको छ ।

यदी सोमालियामा अप्रिल देखि जुन महिनामा पनि मौसममा सुधार नआए सन् २०१०/०११ मा जस्तै क्रयशक्तिमा व्यापक कमी आउने छ र मानवीय सहयोगले आधारभूत आवश्यकतलाई सम्बोधन गर्ने गरी व्यवस्था गर्न नसकिएमा भोकमरीले ठूलो जनसङ्ख्या प्रभावित बन्ने राष्ट्रसघको भनाई छ ।

केही विस्थापित मानिस विस्थापित भई खर्चको अभावमा लामो समय चरम गर्मीमा पैदलै शरणार्थी शिविर आइपुग्ने गरेको राष्ट्रसङ्घले बताएको छ । रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *