खडेरीले दूध उत्पादनमा कमी

Post Date : May 4, 2016 | 3:13 pm

पाल्पा, २२ वैशाख । खडेरीले दूध उत्पादनमा कमी हुन थालेपछि यहाँका किसान चिन्तित भएका छन् ।

खडेरी र डढेलोले गाँस, पानीको उचित प्रबन्ध मिलाउन समस्या भएपछि किसानलाई यतिबेला गाईभैँसीलाई पोषणयुक्त आहारा खुवाउन नसकेपछि दूध उत्पादन घटेको छ । “लामो खडेरीले घाँस पलाएको छैन, पहिलाको तुलनामा एक लिटर दूध घटेको छ,” छहरा–६ धवघाटका गणेश न्यौपानेले भन्नुभयो ।

गाई पालेर दूध बिक्री गर्दै आउनुभएका न्यौपानेजस्ता किसान खडेरीका कारण समस्यामा परेका छन् । घाँस जुटाउन नसक्दा सातवटा दुहुना गाईले खडेरीका कारण करिब १० लिटरसम्म दूध घटाएका छन् । इन्धनको सहज वितरण भए पनि कालोबजारी नरोकिएका कारण किसान मारमा परेका छन् ।

यस्तै छहरा–६ का देवराज राउत खडेरी र पानीको हाहाकारले गाई पाल्न नसक्ने अवस्थामा पुगेको बताउनुहुन्छ । “खडेरी रहेसम्म गाईलाई के खुवाएर बचाउने भन्ने पिर परेको छ,” उहाँले भन्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *