खड्का र कार्की ‘मेगा सेभिङ स्टार’

Post Date : September 6, 2016 | 12:44 pm

काठमाडौँ, २० भदौ । मेगा बैंक नेपाल लिमिटेडले ‘नानीमा लागेको बानीः आज बचाऔँ–जिन्दगीभर रमाऔँ’ अभियान आजदेखि सञ्चालनमा ल्याएको छ ।

विशेषगरी कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई लक्ष्य गरी ल्याइएको सो अभियानमा बालबालिकालाई बचत गर्न अभिप्रेरित गरिएको छ । सोही प्रयोजनका लागि बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र अभिनेत्री प्रियङ्का कार्कीलाई एक वर्षका लागि ‘मेगा सेभिङ स्टार’ नियुक्त गरेको छ ।

सो अभियानको प्रचारप्रसारका क्रममा खड्का र कार्कीले विभिन्न विद्यालयका विद्यार्थीलाई बचतबारे बुझाउने प्रतिबद्धता जनाउनुभयो । विद्यार्थीले दैनिक प्राप्त गर्ने खाजा खर्चबाट केही हिस्सा बचत गरी बैंकमा जम्मा गर्ने बानीको विकास गर्न सो अभियान सुरु गरिएको बैंकका कार्यकारी अधिकृत अनिलकेशरी शाहले जानकारी दिनुभयो ।

विद्यार्थीलाई सिँत्तैमा खाता खोल्ने व्यवस्था मिलाइएको छ । काठमाडौँ उपत्यकाबाट अभियान सुरु भए पनि दीर्घकालमा अभियान देशभर पुरयाइने लक्ष्य राखिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *