खम्बा गाडेको दशक बित्यो, बत्ती बलेन

Post Date : May 3, 2016 | 3:15 pm

रुकुम, २१ वैशाख । नेपाल विद्युत् प्राधिकरणले रुकुम र सल्यानमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारका लागि ११ वर्षअघि गाडेको खम्बा र तारको अझै पनि उपयोग हुन सकेको छैन ।

लामो समय बितिसक्दा पनि विद्युत् प्रसारण सुरु नभएपछि खम्बा ढल्न थालेका छन् । कतिपय स्थानमा खम्बा भाँचिएका छन् भने कतै तार चुँडिन थालेका छन् । विद्युत् सेवा विस्तारका लागि श्रमदान समेत गरेका स्थानीयवासी भने प्राधिकरणको बेवास्ताका कारण निरास बन्न थालेका छन् ।

सल्यानको शारदा नगरपालिकाबाट श्रीनगर हुँदै रुकुमका गाउँ गाउँमा विस्तार गर्ने भनिएको तार अहिले सडकको छेउ छाउमा बेवारिसे अवस्थामा रहेका छन् । सरोकार भएकाहरु भने माथिल्ला निकायमा जानकारी गराइए पनि सुनुवाइ नभएको भन्दै पन्छिने गरेका छन् ।

सरकारले राप्ती राजमार्गमा यातायात सञ्चालन भएसँगै २०५९ सालमा दुई जिल्लाका १३ गाविस र दुई नगरपालिकामा बिजुलीका खम्बा गाडेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *