खाडी राष्ट्रमा नेपाली चलचित्र नियमित प्रदर्शन हुने

Post Date : October 5, 2016 | 6:18 pm

युएई, १९ असोज । लामो चर्चापरिचर्चा पछि अन्तत्वगत्वा अक्टोबर १४ (असोज २८) देखि खाडी राष्ट्रहरुमा नियमित नेपाली चलचित्र प्रदर्शनी हुने भएको छ ।

नेपाली चलचित्रको बजार बिस्तारलाई फराकिलो हुन थालेको छ । युएईका लागि कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स र युएईको स्थानीय डिष्ट्रिव्युटर्ससँग सहकार्य गरी नेपाली चलचित्रलाई वैधानिक रुपमा नियमित प्रदर्शन हुन लागेको हो ।

नेपालमा रहेका सीमित हल र नेपालीहरु माझ मात्र खुम्चिरहेको चलचित्रको प्रर्दशनले प्राविधिक रुपमा आफ्नो विकाश गर्दै प्रर्दशनको क्षेत्रलाई पनि विस्तार गर्न सक्नु समग्र कलाकार, प्राविधिक र चलचित्रसँग आवद्धता जनाउनेहरुका लागि खुसीको कुरा भएको खाडी राष्ट्रका लागि नेपाली चलचित्रका वितरक सालिक सुवेदी बताएका छन् ।

देश बाहिर नेपालीको संख्या धेरै भएको खाडी मुलुकमा छ । प्रवासमा आफ्नो कला, संस्कृति र साहित्य तर्फ चासो राख्ने गर्दछन् । नेपाली चलचित्र पनि स्तरीय रुपमा निर्माण हुन थालेकोले नेपाली चलचित्रलाई यस क्षेत्रमा नियमित प्रदर्शनीपछि नेपाली कला संस्कृतिको प्रवद्र्धन बढाएर उजागर हुने कन्सेप्ट भिजन फिल्म प्रोडक्शनका राजन अधिकारीले मोफसललाई बताए ।

अक्टोबर १४ मा पहिलोपटक चाम्र्स इन्टरटेन्टमेन्टको प्रस्तुतिमा बनेको वीरबिक्रम नामक फिल्म पहिलो प्रस्तुतिको रुपमा प्रदर्शन हुने भएको छ । नेपाली फिल्म युएई लगायत कतार, बहराईन र ओमनमा एकै साथ प्रदर्शन हुनेछ । चलचित्र वितरक राजन अधिकारीले अक्टोबर १४ मा युएईसँगै कतार, बहराइन र ओमनमा एकै साथ प्रदर्शन गर्नु उद्देश्य व्यावसायिक भएता पनि हामीले नेपाली चलचित्रको नया बजारको खोजी र विदेशमा रहेका नेपालीहरुलाई सांस्कृतिक रुपमा जोड्ने प्रयास गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *