खुवा उद्योग फस्टाउँदै

Post Date : May 1, 2016 | 7:00 pm

बनेपा, १९ वैशाख । काभ्रेपलाञ्चोकको च्याम्रेङबेसी गाविसमा खुवा उद्योग फस्टाउँदै गएको छ ।

स्थानीय किसानका लागि आयआर्जनको स्रोत बनेपछि खुवा उद्योग फस्टाउन लागेको हो । च्याम्रेङबेसी गाविसमा कूल १७ वटा खुवा उद्योग सञ्चालनमा रहेका छन् । भैँसीपालनको पकेट क्षेत्र मानिने सो गाविसमा ३० हजार लिटर दूधबाट दैनिक एक हजार ७०० किलो खुवा उत्पादन हुने गरेको स्थानीय किसान सोमनाथ घिमिरले जानकारी दिनुभयो ।

बाइस वर्षदेखि खुवा उत्पादन गर्दै आउनुभएका घिमिरेले आफ्नो घरबाट दैनिक ४२ किलो खुवा उत्पादन गर्नुहुन्छ । उहाँले परम्परागत खुवा उत्पादनका उद्योगलाई आधुनिकिकरण गुर्नपर्नेमा जोड दिनुभयो । बजारमा पहुँच नहुँदा किसानले सास्ती खेप्नु परेको छ । “दैनिक रु ५०० आम्दानी हुन्छ,” उहाँले भन्नुभयो ।

प्रति लिटर दूध रु ४० मा खरिद गरेर बनाइएको खुवा प्रतिकिलो रु ४०० मा बिक्री गरिन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *