गणपति माइक्रोफाइनान्स र एशियन लाइफ इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता

Post Date : May 7, 2018 | 5:27 pm

तनहुँ, २४ वैशाख । गणपति माइक्रोफाइनान्स वित्ती संस्था लिमिटेड र एशियन लाइफ इन्स्योरेन्स बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । आइतबार आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अच्युत राज साप्कोटा र एशियन लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट उक्त कम्पनीका शाखा प्रबन्धक श्री बद्री नाथ पौडेलले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार वित्तीय संस्थाका ग्राहकहरुले जुन सुकै शाखाबाट एशियन लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बिमा सम्बन्धी सम्पूर्ण सेवा सहज रुपले लिन सक्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *