गणपति माईक्रोफाइनान्सको अभिमुखिकरण तालिम, समिक्षा र बार्षिक कार्ययोजना गोष्ठी

Post Date : June 12, 2017 | 2:04 pm

कास्की, २९ जेठ । गणपति माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले दुई दिने अभिमुखिकरण तालिम, समिक्षा र आ.व. २०७४/७५ को लागि बार्षिक कार्ययोजना गोष्ठी सम्पन्न गरेको छ । होटल डे ब्रेक वेगनास, पोखरामा अायोजना गरिएको साे कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटाले गर्नु भएको हो

उक्त कार्यक्रमले आ.व. २०७३/०७४ को समिक्षासँगै आगामी आ.व. २०७४/७५ को लागि बार्षिक कार्यक्रम तथा बजेटसमेत तयार गरिएको थियो  नयाँ शाखा प्रबन्धकहरुलाई अभिमुखिकरण तालिम पनि दिएको छ उक्त दुई दिने कार्यक्रममा संस्थाका बरिष्ठ प्रबन्धक विष्णु प्रसाद ढकाल, लेखा वित्त तथा सुचना प्रविधी  विभाग प्रमुख अनित जंग पाण्डे, कर्जा, योजना तथा अनुगमन विभाग प्रमुख प्रभुराज थापा र लेखा वित्त तथा सुचना प्रविधी विभागका विक्रम थपलियाले प्रशिक्षण दिनुभएको थियो

हाल यस संस्थाको ११ वटा शाखा कार्यालय संचालनमा रहेको र बाँकी ४ वटा शाखा संचालनको तयारीमा रहेका छन्  नयाँ खुल्ने ४ वटा शाखासहित संस्थाको शाखा संख्या १५ पुग्नेछ २७ गते शनिवार संस्थाका प्रमुख कार्यकारी अधिकृतको समिक्षात्मक मन्तव्यसँगै कार्यक्रम समापन गरिएको उक्त संस्थाद्वारा प्रेस विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *