गण्डकी विकास बैंकको एकीकृत कारोवार शुरु

Post Date : July 6, 2017 | 11:32 am

पोखरा लेखनाथ, २२ असार । फेवा विकास बैंक र गण्डकी विकास बैंक एक आपसमा गाभिएर बनेको गण्डकी विकास बैंकको एकीकृत कारोवार शुरु भएको छ ।

एकीकृत कारोवार शुभारम्भ नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल आउने कार्यक्रम रहे पनि मौसमको खराबीका कारण विमान नचलेपछि उहाँ पोखरा जान सक्नु भएन । गभर्नर नेपालले फोनबाटै शुभकामना दिनु भएको थियो ।

गभर्नर आउन नसकेपछि पोखरा लेखनाथ महानगरपालिकाका नवनिर्वाचित मेयर मानबहादुर जीसीले एकीकृत कारोवारको उद्घाटन गर्नु भएको थियो ।

मर्जपछि बैंकको चुक्ता पूँजी १ अर्ब ८४ करोड २६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै निक्षेप १८ अर्ब २३ करोड रुपैयाँ र कर्जा १६ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । बैंकको २ लाख ५० हजार ग्राहक, शाखा संख्या ५०, एटिएम संख्या २१ पुगेको छ । बैंकले आउँदो भदौ महिनासम्म देशका विभिन्न सात स्थानमा शाखा खोल्ने जनाएको छ ।

मर्जपछि बनेको बैंकको अध्यक्षमा जगनबहादुर गुरुङ र प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा रहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *