गभर्नर डा. चिरञ्जीवी नेपाल भुटान प्रस्थान

Post Date : September 28, 2016 | 6:50 pm

काठमाडौं, १२ असोज । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल भुटानको राजधानी थिम्पुमा १३ र १४ गते हुन गइरहेको ‘इन्टरएक्सन प्रोग्राम अन रेमिट्यान्स इन नेपाल’ विषयक कार्यक्रममा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नु भएको छ ।

उहाँको साथमा गभर्नर कार्यालयका निर्देशक तथा सह–प्रवक्ता राजेन्द्र पण्डित र विदेशी मुद्रा व्यवस्थापन विभागका निर्देशक बासुदेव अधिकारी पनि जानु भएको छ ।

गभर्नर डा. नेपाल र साथमा गएका पण्डित र अधिकारी पनि १५ गते शनिबार फर्कने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *