गभर्नर डा. नेपाल आज म्यानमार प्रस्थान

Post Date : June 1, 2016 | 9:52 pm

काठमाडौं, १९ जेठ । गभर्नर डा. चिरञ्जीवी नेपाल Central Bank of Myanmar ले Nay Pyi Taw, Myanmar मा २०७३ जेठ २१ गतेदेखि २३ गतेसम्म आयोजना गर्ने ४५औं ACU Board of Directors Meeting मा सहभागी हुन आज म्यानमार तर्फ प्रस्थान गर्नु भयो । उक्त कार्यक्रममा सहभागी भई गभर्नर डा. नेपाल २०७३ जेठ २४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

ACU (Asian Clearing Union) ले यसमा सहभागी देशका केन्द्रीय बैंकहरु बीच बहुपक्षीय अाधारमा भुक्तानी प्रवाह गर्दछ । यसको मुख्य उद्देश्य यसमा सहभागी देहहरुबीच भएका कारोबारका भुक्तानी रकमहरु प्रवाह गर्नु हो । यसको प्रयोगले विदेशी विनिमय रिजर्व गर्न र भुक्तानी प्रवाह गर्दा लाग्ने दस्तुरलाई समेत घटाउँछ । यसका साथै यसमा सहभागी देशहरुबीच व्यापार एवं बैंकिङ्ग सम्बन्ध विस्तार हुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *