गरिमा विकास बैंकको एटिएम महेन्द्रपुलमा

Post Date : June 18, 2017 | 11:46 am

पोखरा, ४ असार । गरिमा विकास बैंकले पोखराको महेन्द्रपुल शाखामा १० औँ एटिएम जडान गरी संचालनमा ल्याएको छ । २०७४ असार ३ गते एटिएम सेवा शुरु गरी बैंकका संचालक चन्द्रकान्त बरालले उद्घाटन गर्नु भयो । राष्ट्रिय स्तरको गरिमा विकास बैंकको ४६ वटा शाखाबाट बैंकिङ सेवा दिँदै आएको छ ।

बैंकले चालु आ.व. २०७३/७४ को चैत मसान्तसम्म १३ अर्ब ३९ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन र १२ अर्ब ९ करोड ४ लाख रुपैयाँ कर्जा प्रवाह गरी २४ करोड ८५ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।

बैंकको हाल चुक्त पूँजी १ अर्ब २९ करोड ६६ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *