गरिमा विकास बैंकको केन्द्रीय कार्यालय काठमाडौँको लाजिम्पाटमा

Post Date : July 9, 2017 | 4:50 pm

काठमाडौँ, २५ असार । गरिमा विकास बैंकले पोखरामा रहेको केन्द्रीय कार्यालय काठमाडौँको लाजिम्पाटमा स्थानान्तरण गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गरिमा विकास बैंकको केन्द्रीय कार्यालयको उद्घाटन असार २३ गते शुक्रबार गर्नु भएको थियो ।

बैंकले काठमाडौँको चाबहिलमा पनि नयाँ शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय स.स्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले गर्नु भएको थियो । यो शाखासँगै बैंकको शाखा संख्या ४७ पुगेको छ । बैंकले चालु आर्थिक वर्ष २०७३÷७४ को यस अवधिसम्म १३ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन र १२ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरी ४२ करोड १६ लाख रुपैयाँ संचालन मुनाफा गरेको जनाएको छ । बैंकको हाल चुक्ता पूँजी २ अर्ब १६ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *