गरिमा विकास बैंकको बेनी शाखामा एटिएम सेवा शुरु

Post Date : February 21, 2017 | 8:19 am

म्याग्दी, १० फागुन । गरिमा विकास बैंकले म्याग्दीको सदरमुकाम बेनी शाखामा यही फागुन ८ गतेदेखि एटिएम सेवा शुरु गरेको छ । उक्त एटिएमको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले गर्नु भएको छ । बैंकको देशभर ३८ शाखाबाट बैंकिङ सेवा दिँदै आएको छ ।

बैंकले हाल १३ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन तथा १२ अर्ब १० करोड रुपैयँ कर्जा प्रवाह गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १५ करोड ९५ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । सोही अवधिमा बैंकको निस्क्रिय कर्जा शून्य दशमलब ८४ प्रतिशत छ भने कर्जा/निक्षेप अनुपात ७७ दशमलब ७३ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *