गरिमा विकास बैंकको २५औं शाखा बाग्लुङको बुर्तिवाङमा

Post Date : May 3, 2016 | 9:10 am

गरिमा विकास बैंकले बाग्लुङको बुर्तिवाङमा शाखा स्थापना गरेको छ । बैंकको यो २५औं शाखा हो । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक शिवनाथ पाण्डेले गर्नु भएको थियो । बैंकको चुक्ता पूँजी ८५ करोड ३२ लाख रुपैया रहेको छ । चैत मसान्तसम्म बैंकको निक्षेप संकलन ७ अर्ब ८५ करोड र कर्जा लगानी ७ अर्ब २० करोड रुपैया रहेको छ । बैंकले चाँडै नै काठमाडौंको गोंगबु, नवलपरासीको बर्दघाट र स्याङ्जाको चापाकोटमा शाखा संचालनमा ल्याउने तयारी गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *