गरिमा विकास बैंकको ३९ औँ शाखा गगनगौंडामा

Post Date : March 5, 2017 | 12:38 pm

काठमाडौँ, २२ फागुन । गरिमा विकास बैंकले ३९ औँ शाखा लेखनाथ नगरपालिकाको तल्लो गगनगौंडामा स्थापना गरेको छ । शाखाको उद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले गर्नुभएको छ ।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म १३ अर्ब ३७ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन र ११ अर्ब ७० करोड १९ लाख रुपैयाँ कर्जा प्रवाह गरी १५ करोड ९५ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । यसै अवधिमा बैंकको निस्क्रिय कर्जा शून्य दशमलब ८४ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७७ दशमलब ७३ प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी १ अर्ब ८ करोड ५ लाख ११ हजार ५ सय १० रुपैयाँ छ । त्यस्तै जगेडा कोष ६१ करोड ८८ लाख ९५ हजार ४ सय ८० रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *