गरिमा विकास बैंकलाई १० बराबर ७ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न स्वीकृति

Post Date : April 4, 2017 | 7:03 am

काठमाडौँ, २२ चैत । गरिमा विकास बैंकलाई १० बराबर ७ को अनुपात अर्थात ९० लाख ७६ हजार २ सय ९६ दशमलब ६६ कित्ता बराबर ९० करोड ७६ लाख २९ हजार ६ सय ६६ रुपैयाँको हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एस क्यापिटल लिमिटेड रहेको छ ।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा १५ करोड ९५ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । सोही अवधिमा निस्क्रिय कर्जा शून्य दशमलब ८४ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *