गरिमा विकास बैंकले २० प्रतिशत बोनस शेयर दिने

Post Date : January 25, 2017 | 11:32 am

काठमाडौँ, १२ माघ । गरिमा विकास बैंकले हाल कायम चुक्ता पूँजी १ अर्ब ८ करोड ५ लाख ११ हजार ५ सय ८ रुपैयाँको २० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।

बैंकले बोनस शेयर वितरणपश्चात कायम हुने चुक्ता पूँजी १ अर्ब २९ करोड ६६ लाख १३ हजार ८ सय ९ दशमलब ६० रुपैयाँको आधारमा १० बराबर ७ ले हुन आउने हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

बैंकको २०७३ फागुन ६ गते बस्ने दशौँ वार्षिक साधारण सभाले बोनस शेयर र हकप्रद शेयर वितरणको प्रस्ताव पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *